आंधीको कारण भारतमा १२ को मृत्यु, नेपालमा पर्दैछ यस्तो प्रभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2020 | 09:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगालको खाडीमा बनेको चक्रवात अम्पुनको कारण भारतमा १२ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १८५ किलोमिटरसम्मको गतिमा आएको आंधीले पश्चिम बङ्गालमा १२ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले बताएका छन् धेरै स्थानमा घर भत्किएको, घरको छानो उठाएको, रुख हरु ढलेको, बिजुलीको पोल ढलेको छ भने बिजुली आपूर्ति बन्द भएको छ । उक्त आंधी अहिले भने कमजोर भएको र अब यसले बर्षा र हावाहुरी गराउने भएपनि धेरै क्षति नगर्ने बताईएको छ । 

जल तथा मौसम विज्ञान बिभागले उक्त आंधीको अप्रत्यक्ष असर नेपालमा पनि पर्ने जनाएको छ । विभागले हाल नेपालमा उक्त आंधीको प्रभाव र स्थानीय वायुको प्रभाव पनि रहेको जनाएको छ । 

जसको कारण देशको  पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको र पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको विभागले जनाएको छ 

यस्तो छ विभागले गरेको ३ दिनको मौसम पूर्वानुमान : 

जेठ  गते (बिहीबार)

दिउँसोः देशको  पूर्वी  भू-भागमा  पूर्ण बदली र मध्य  भूभागमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी    भू-भागका   केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा   हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

रातीः  देशको  पूर्वी  भू-भागमा  पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी    भू-भागका   केहि स्थानहरु र मध्य भू-भागका   १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

जेठ  गते (शुक्रबार)

दिउँसोः देशको   पूर्वी  भू-भाग तथा मध्य पहाडी भू-भागमा  सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी   भू-भागका   केहि स्थानहरु साथै मध्य र  पश्चिमी पहाडि भू-भागका   एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पहाडि भु-भागमा सामान्य  बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका   १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का   वर्षाको  सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी    भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका   थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा  पूर्वी    भू-भागका   धेरै स्थानहरु र पश्चिमी भू-भागका   एक-दुई स्थानहमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved