कोरोना परिक्षण बिना नै घर फर्काईदा सामाजिक अपहेलना

महेश न्यौपाने

महेश न्यौपाने

May 21, 2020 | 01:07:39 PM मा प्रकाशित

laxmi  sunrise bank

चौध दिनको सामुदायिक क्वारेनटाईन बसेर थप ७ दिन होम क्वारेनटाईन वस्ने गरि घर फर्किएका रोल्पा नगरपालिका ४ का हिरावहादुर नेपालीलाई क्वारेनटाई वसाईपछि  समुदायमा  कसरी घुलमिल हुने भन्ने कुराले सताउछ । काठमाण्डौको ईटा भट्टामा काम  गर्ने उनी कोरोना त्रास बढेसंगै घर फर्किएका थिए । एक रातघर बसेका उनी दोश्रो दिन देखि भने क्वारेनटाईन बसे । स्थानीयको  आग्रह वमोजिम श्रीमती संगै क्वारेनटाईन  बसेका  नेपाली दम्पत्ती होम क्वारेनटाईन पनि पुरा  गर्दैछन । उनीहरुको अबको चिन्ता छ कसरी  पहिलेकै अवस्थामा समाजमा घुलमिल हुने । 

हिरावहादुर नेपाली मात्र हैन रोल्पाका विभिन्न स्थानमा रहेका क्वारेनटाईन बसेर आरडीटि परिक्षण बिना घर  फर्काइएका ७ हजार ८३४ जनाको साझा चिन्ता हो यो । काठमाण्डौ उपत्यकामा रहेका ईटा भट्टा सहित देशका विभिन्न जिल्लामा  रोजगारीमा गएका रोल्पालीहरु कोरोनात्रास संगै घर फर्किए पछि  क्वारेनटाईन बसेका थिए । यसरी क्वारेनटाई बसेका मध्ये  सोमवार सम्म ८ हजार १३२  जना घर  फर्किसकेका छन्। उनीहरु मध्ये अधिकांशले ७ दिने होम  क्वारेनटाईको अवधि समेत पुरा गरिसकेका छन्। तर उनीहरुले समाजमा  अपहेलित भएको महसुस  गरेका छन् । 

उनीहरुको चिन्ताका मुल कारण हो आरडीटी परिक्षण बिना घर फर्काइनु । आरडीटी परिक्षण पश्चात घर फर्काईने आश्वासन  पाएका उनीहरु त्यतीवेला  अचम्म परे जती बेला सामान्य ज्वरो मात्रै नापेर घर फकाईयो । लामो समय क्वारेनटाईन बसेका उनीहरु आफुमा कोरोना भए नभएको थाहा पाउनवाट वंचित त भए नै सामाजिक शंकाको विषय समेत  बनि रहे ।

स्वास्थ्य कार्यालय रोल्पाका  जनस्वास्थ्य अधिकृत  अनिल केसकिा अनुसार शरीरमा कोरोना  भाईरस संक्रमणपछि शरिरले भाईरस  विरुद्ध वनाउने एन्टीवोडी  प्रोटिन छ की छैन भनेर  जाँच गर्ने प्रणाली  हो आरडीटि । बिरामीको  रगत निकालेर आरडीटी किटवाट यसको जाँच गरिन्छ । यसको रिपोर्ट साधारणतया २० देखी ३० मिनेटमा आउने गर्दछ ।

स्वास्थ्य तथा  जनसंख्या  मन्त्रालयद्धारा गत जेष्ठ २ गते स्वीकृत अन्तरिम निर्देशिका बमोजिम आरडीटि परिक्षणमा रिपोर्ट पोजेटिभ  देखिए आरटी पिसिआर गर्न  रिफर गर्नुपर्छ । आरडीटि विभिन्न कम्पनीहरुले  उत्पादन गरे  पनि आरडीटि परिक्षण गर्न चाहाने अस्पतालहरुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुचिकृत ९ थरिका कम्पनीले उत्पादन  गरेका आरडीटि मात्रै प्रयोग गर्न  सक्नेछन भनेको छ ।  रोल्पामा हाल  सम्म  ३ सय थान मात्रै आरडीटि आएकोमा २९८  थान परिक्षण गरिएको र २  थान प्रयोग  गर्न नमिल्ने भएकाले प्रयोग नगरिएको स्वास्थ्य  कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल  केसीले जानकारी दिए । आरडीटि उपलव्ध  गराई  पाउन प्रदेश  र संघीय सरकारलाई पटक पटक अनुरोध गर्दा पनि उपलव्ध नभएपछि क्वारेनटाईन बसेकाहरुलाई पछि परिक्षण गर्ने शर्तमा घर पठाइएको केसीको  भनाई छ ।  आरडीटि जति ढिला परिक्षण गर्यो त्यती राम्रो हुन्छ  केसीले भने ।

जिल्लामा आरडीटिको हाहाकार भएपछि प्रतिनिधि सभा  शिक्षा तथा स्वास्थ्य  समितिका  सभापति जयपुरी घर्तीले गृह  जिल्लाका लागि २  हजार किट पठाएकी थिईन । उक्त किट अपुग हुने भएपछि विपद व्यवस्थापन समितिको बैठकले यस पूर्व क्वारेनटाईनमा वसेकाहरुलाई  भन्दा निकट भविष्यमा भारतवाट आउनेहरुलाई परिक्षण  गर्न किट राख्नु पर्ने  विषयमा छलफल गरेको थियो । 

स्थानीय सरकार भने क्वारेनटाईन बसेको सबैको आरडीटि  परिक्षण हुनु पर्ने अडानमा छन् । 'घर फर्कदा निकट भविष्यमा परिक्षण हुन्छ भनेर फर्काएका छौ' लुंग्री गाउँपालिका अध्यक्ष दुर्गावहादुर खड्काले भने । सामाजिक रुपले अपहेलित हुनवाट वचाउन पनि उनीहरुलाई आरडीटि परिक्षण गरेर क्लीन चिट दिनुपर्ने खड्काको भनाई छ । आरडीटि परिक्षणले सामाजिक विश्वास वढ्ने तर्क गर्छन सुनछहरी  गाउँपालिका अध्यक्ष आशवहादुर पुन।' क्वारेनटाईन वसेर फर्केकाहरु  पनि मनोवैज्ञानिक रुपमाले ढुक्क हुने र सामाजिक अपहेलनावाट वचाउन पनि परिक्षण जरुरी  छ'  पुनले भने ।

जिल्लामा आरडीटिको अभाव भएपछि स्थानीय  तहहरुले समेत खरिद गर्न सक्ने गत वैशाख १२ गतेको जिल्ला  विपद व्यवस्थापन समितिको  वैठकले  निर्णय गरेको थियो । निर्णय वमोजिम जिल्लाका केही स्थानीय तहले  खरिद गर्ने कोशिस समेत गरे तथा किट   उपलव्ध हुन सकेन । झण्डै १ हजार २ सयलाई क्वारेनटाईन वसालेको रुन्टीगढी गाउँपालिकाले खरिद गर्न पहल  गरे पनि उपलव्ध हुन नसकेको गाउँपालिका अध्यक्ष वालाराम  बुढाको भनाई छ । प्रदेश र संघीय सरकारले पनि नपठाउने   खरिद गर्दा नपाईने कस्तो अवस्था हो अध्यक्ष  बुढाले प्रश्न गरे ।

सरकारद्धारा गठित  उच्च स्तरीय कोरोना समितिले क्वारेनटाईन बसेकाहरु घर फर्कदा अनिवार्य रुपमा आरडीटि  परिक्षण गर्नुपर्ने शैद्धान्तिक निर्णय गरेपनि रोल्पामा भने यसको हाहाकार देखिएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved