संविधान संशोधन प्रस्ताव पेस गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 12:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको हो । 

निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएको नक्सा रहेका कारण ती क्षेत्र समावेश गरेर जारी भएको नक्सा राख्नका लागि संविधान संशोधनको प्रस्ताव लैजाने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

सरकारले बुधबार ती क्षेत्र समेटर नयाँ नक्सा जारी गरेको छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गते बस्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved