मृत्यु भएको ३२ घण्टापछि कोरोना संक्रमित शिक्षकको शव ब्यबस्थापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 03:34:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मृत्यु भएको ३२ घण्टा पछि कोरोना संक्रमित शिक्षकको शव ब्यबस्थापन भएको छ । उपचारको क्रममा मृत्यु भएका गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको आज दिउसो शब व्यवस्थापन गरिएको हो ।

 अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समय सम्म चलेको छलफल पछि नेपाली सेनाको गरुण दल बुटवलले शबको व्यवस्थापन गरेको हो । गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली शुरक्षित तरिकाले शबको व्यवस्थापन गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ ।

कोरोना सक्रमित व्यक्तिको शब व्यवस्थापन कार्यविधी अनुसार संक्रमित व्यत्तिको शब व्यवस्थापन गरिएको जनाईएको छ । संक्रमित व्यक्तिको शब देवदह नगरपालिका १० को जंगलमा हिन्दु सस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसंग समन्वय तथा शब व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शब व्यवस्थापनमा ढिलाई भएको बताए ।

अन्तिम सस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाईले जानकारी दिए । शब लगेको १ घण्टा पछि मात्रै उनका भाईले शब व्यवस्थापन गर्ने बिषयमा सहमति जनाएका थिए ।

उपचारका लागि बैशाख ३१ गते राती ११ बजे रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको थियो । जन्डीसले ग्रसित भएपछि अस्पतालको आईसियुमा उपचार गराईरहेका उनमा जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved