बिजपाटी सम्बाददाता     May 22, 2020 | 04:30:42 PM


tansen

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।

शुक्रबार दिउँसो कैलालीका ३ जना, डडेलधुराका १ जना,  बाँकेका १४ जना, बैतडीका १ जना र मोरंगका १ जनामा कोरोना देखिएको हो ।  स्वास्थ्य मन्त्रालयले उनीहरुको स्वास्थ्य सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४० जिल्लामा संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ। हालसम्म ७० जना डिस्चार्ज भएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका