भारतबाट आएका थिए बाराका ६ कोरोना संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 09:11:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार बेलुका थप ९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५ सय १६ पुगेको हो । 

शुक्रबार बेलुका भक्तपुरका १ जना, मकवानपुर १ जना, सप्तरीको १ जना र बाराका ६ जनामा संक्रमण पुष्टि भएको हो । बारामा कोरोना देखिएकाहरु २२ बर्ष ४५ वर्ष उमेरका छन् । 

बारा प्रहरी प्रबक्ता गौतम मिश्रका अनुसार उनीहरु सबै भारतका विभिन्न शहरबाट आएका हुन् । ति मध्ये १ जना १ गते र अन्य ५ जना ३ गते आएको प्रहरी प्रबक्ता मिश्रले बताए । उनीहरु सिमरनगढ नगरपालिकाका वडाहरु २,१, ६ र ११ का हुन् । 

उनका अनुसार संक्रमितहरुलाई कलैया उपमहानगरमा रहेको आईसोलेसनमा राखिने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved