सांसदहरुले प्रयोग गर्ने लोगो परिवर्तन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 03:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 सांसदहरुले प्रयोग गर्ने लोगो (प्रतीक) परिवर्तन हुने भएको छ । सिंहदरबारस्थित राष्ट्रियसभाको अध्यक्षको कार्यकक्षमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले लोगो फेर्ने निर्णय गरेको हो ।

नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय बैठकले गरेको छ । साथै सङ्घीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम २२१ बमोजिम सदस्यको पोशाक र सङ्घीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था रहेको छ । 

यस्तै राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved