बिजपाटी सम्बाददाता     May 24, 2020 | 03:11:47 PM


भारतको गुजरातबाट नेपाल फर्किदै गरेका एक नेपालीको बाटो मै मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका  ९ का ३५ बर्षिय कृष्ण बहादुर गैरेको बाटोमा मै मृत्यु भएको हो  ।

नेपाल नपुग्दै दुई वटा बसमा रहेका मध्ये अर्घाखाँचीका ति पुरुषको भारतीय बाटोमा नै मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।  नेपाल ल्याएर  मृतकको स्वाब परिक्षण गराईने प्रजिअ पौडेलले बताए ।

 उनको मृत्युको कारण खुल्न सकेको छैन ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका