बारामा थप ४ प्रहरीमा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 05:05:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बरामा थप ४ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । यस अघि कोरोना संक्रमण पुष्टि भएका प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गरी परिक्षण गर्दा थप ४ जनामा संकम्रण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका आज १ सई, १ प्रहरी हवल्दार, र २ जना प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । प्रहरी कार्यालयका प्रहरी प्रबक्ता गौतम मिश्रका अनुसार संक्रमित भएका पहिलो प्रहरीको सम्पर्कमा आएका ५० जनाको परिक्षण गर्दा थप ४ जनामा संक्रमण दिएको हो।

संक्रमित हरु सर्लाही हरिपुर, कलैया नगरपालिका, रौतहटको यमुनामाई नगरपालिका र  बिरगंज महानगरपालिकाका रहेका छन् । यस संगै बारामा कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved