कोरोना संक्रमित मोटरसाइकल चलाएर काठमाडौँ आए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 07:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका नुवाकोट ककनी ३ का व्यक्ति आफैँ मोटरसाइकल चलाएर काठमाडौंको आएका छन् । उपचारका लागि काठमाडौँ आउनुपर्ने भएपनि एम्बुलेन्स नपाएपछि उनी मोटरसाइकल चलाएरै टेकु अस्पताल आएका हुन् ।

आइतबार बिहान ११ बजे कोरोना पुष्टि भएको खबर पाएपछि काठमाडौँ आउन तयार भएर बसेका उनी एम्बुलेन्स नआएपछि साँझ आफैँ मोटरसाइकल चलाएर टेकु अस्पताल आएका हुन् ।

गाउँपालिका अध्यक्ष मानबहादुर लामाका अनुसार एम्बुलेन्स खोज्ने प्रयास सफल नभएपछि उनी आफैँ मोटरसाइकल चलाएर आएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved