कोरोना जितेर एकै परिवारका १८ जना डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 10:17:50 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्सामा एकै परिवारका १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । वीरगन्जको नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले  उनीहरूलाई आइतबार राति करिब ११ बजे  डिस्चार्ज गरिएको जानकारी दिए । अस्पतालमा भर्ना भएदेखि दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हाे । डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म छन् । उनीहरु सबै वीरगन्ज महानगरपालिका निवासी हुन् । 

वैशाख २१ मा उक्त परिवारका एक सदस्यमा कोरोना देखिएको थियो ।  त्यसपछि उनको परिवारका सदस्यको परिक्षण गर्दा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनामा कोरोना देखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved