मृत्यु भईसकेका वृद्धमा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 11:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जेठ ४ गते राति मृत्यु भएका बारा कलैयाका ७० वर्षीया वृद्धमा कोरोना पुष्टि भएको नारायणी अस्पताल का मेसु डा. मदन उपाध्यायले जानकारी दिएका छन् । 

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षण गर्न उनको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याईएको थियो । तर स्वास्थ्य मन्त्रालयले भने यसबारे आधिकारिक जानकारी दिएको छैन ।

उनको अन्त्येष्टि समेत गरिसकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved