बिजपाटी सम्बाददाता     May 25, 2020 | 01:26:32 PM


बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ ।

उनी समाजसेवी भएको पाइएको छ। उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउँने गरेका थिए । उनले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आएका थिए। 

यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै आज नै टोखा नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको छ । टोखामा ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।  ति मध्ये १ जना जना किराना पसले भएको बताईएको छ ।  कोरोना पुष्टि भएका अर्का व्यक्ति भने टोखामा भाडामा बस्ने व्यक्ति हुन् 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका