बिजपाटी सम्बाददाता     May 25, 2020 | 01:29:30 PM


डा. गोविन्द केसीले दुई दिने सत्याग्रह घोषणा गरेका छन् । दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरी सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न  माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्  ।

उनले यसअघि आफूसँग भएका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायत पदाधिकारी नियुक्तिका सम्झौता कार्यान्वयन गर्न र गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया  अघि बढाउन पनि माग  गरेका छन् । 

‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भुमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं’ उनले भनेका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका