बिजपाटी सम्बाददाता     May 25, 2020 | 03:46:27 PM


प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले साँझ साढे ५ पछि राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज सम्बोधन हुन् लागेको र सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका छन् । प्रधानमन्त्रीले सम्बोधन मार्फत कोरोना विरुद्धको लडाइमा सरकारले गरेका काम र आगामी योजनाबारे जानकारी गराउने छन् । कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधन अगाडी मन्त्रिपरिषद् बैठक बस्दैछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका