बिजपाटी सम्बाददाता     May 25, 2020 | 04:36:51 PM


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । आज सोमबार दिउँसो थप ७ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ६८२  पुगेको हो । मन्त्रालयले हालसम्म ५१ हजार ६ सय ४२ जनामा पिसीआर परिक्षण भएको जनाएको छ ।  

दिउँसो संक्रमण पुष्टि हुनेमा अछामका १ जना पुरुष, बर्दियाका ३ जना पुरुष , पर्साका १ जना र काठमाडौँ घर भई  हाल बारामा रहेका २८ बर्षीय पुरुष रहेका छन् । १ जना संक्रमित भने जेठ ४ गते नै मृत्यु भएका पुरुष हुन् । यस संगै कोरोना लागेर मृत्यु हुनेको संख्या ४ पुगेको छ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ११२ जना डिस्चार्ज भएको बताएको छ । यस अघि आज बिहान ७२ जनामा पुष्टि भएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका