बिजपाटी सम्बाददाता     May 25, 2020 | 05:52:37 PM


सरकारले नेपालको कुल जनसख्याको २ प्रतिशतको कोरोना परिक्षण गर्ने भएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका हुन् ।

नेपालको जनसंख्या ३ करोड मान्ने हो भने सरकारले ६ लाखको परीक्षण गर्नुपर्ने हुन्छ।प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझावअनुसार २ प्रतिशतको कोरोना परिक्षण गरिने बताएका हुन्।

हालसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका