बिजपाटी सम्बाददाता     May 25, 2020 | 06:09:12 PM


प्रधानमन्त्री केपी शर्मा ओलीले  एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिने बताएका छन्  । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने बताएका हुन्  ।

 अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान नरहेकोले आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्ष अन्तर्गतको पठन÷पाठन सञ्चालनको काम अघि बढाउने प्रधानमन्त्रीले बताएका हुन् । 

महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित भएको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका