बिजपाटी सम्बाददाता     May 25, 2020 | 06:14:33 PM


सरकारले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधा ल्याउने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाम सबोधन गर्दै राहत ल्याउने घोषणा गरेका हुन् ।

उनले शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्ने बताएका हुन्  । प्रधानमन्त्रीले राहत प्याकेजमा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा छुट सुविधा पर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेकोले राहत ल्याइने बताएका हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका