बिजपाटी सम्बाददाता     May 25, 2020 | 06:17:15 PM


प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि किसिमका सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधाामन्त्रीले असजिलो परेको अवस्थामा सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने भन्दै कुनै पनि भत्ता कटौती नहुने स्पष्ट पारेका हुन् ।

‘यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन । सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ’ प्रधानमन्त्रीले भनेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका