बिजपाटी सम्बाददाता     May 25, 2020 | 06:23:50 PM


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसँगको लडाईमा विजय प्राप्त गर्न ५ सूत्र सुझाएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ‘निरोगी नेपाल’ निर्माणको लागि पाँच कार्य गर्न आग्रह गरेका हुन् । 

‘निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु’, ‘उनले भने, ‘पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं । दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ । तेस्रो, भाइरस फोहरमा रमाउँछ, आप्mनो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ । चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ । पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।’

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका