बिजपाटी सम्बाददाता     May 25, 2020 | 06:42:02 PM


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ५ हजार जनामा कोरोना संक्रमण हुन् सक्ने अनुमान गरेको छ । मन्त्रालयले ५ हजारलाई आधार मानेर त्यसको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको प्रबन्ध गरेको जनाएको हो 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र राज डोटेलले यस अघि १५ केसलाई आधार मानेर योजना बनाईएकोमा अब संक्रमणको संख्या बढेसँगै ५ हजारलाई आधार मानेर स्वास्थ्य सामग्री ब्यबस्थापनको कार्य भईरहेको बताएका हुन् । उनले हालसम्म १ लाख भिटिएम प्राप्त भएकोमा ८८ हजार वितरण गरीसकेको बताए । उनले थप २ लाख ५ हजार भिटिएम खरिदको लागि प्रक्रिया अगाडी बढाएको बताए ।  भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) भनेको कोरोना परिक्षणको लागि नमुना संकलन गरिसकेपछि नौमना राखेर परिक्षण गर्ने केन्द्रसम्म पुर्याउने भाडो हो । 

उनले १ लाख २८ हजार पीसीआर किट प्राप्त गरेकोमा ७८ हजार प्रयोगको लागि पठाईएको र ५० हजार मौज्दात रहेको बताए । उनले १ लाख ७५ हजार पिसिआर किट खरिदको लागि प्रक्रिया अगाडी बढाएको बताए । उनले १ लाखा ७५ हजार आरडिटी प्राप्त गरेको, ८० हजार फिल्डमा पठाएको र १ लाख २१ हजार किट खरिदको लागि प्रक्रिया अगाडी बढाएको बताए । 

उनले १ लाख ४६ हजार पीपीई सेट प्राप्त गरेकोमा ५४ हजार प्रदेश र जिल्लामा पठाईएको तथा ९२ हजार मौज्दात रहेको बताए । त्यस्तै उनले हाल १५ लाख मास्क, १ लाख ८० हजार एन ९५ मास्क मौज्दात रहेको बताए । उनले हालसम्म ९२ करोडको सामग्री खरिद भएको र  ६६ करोड को खरिद र्पर्कियामा रहेको बताए 

हेर्नुस भिडियो : 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका