बिजपाटी सम्बाददाता     May 25, 2020 | 08:04:14 PM


काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुमा आज एक युवतीको मृत्यु भएको छ । वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकोमा आएकी २० वर्षीय रीतु राईको सोमबार बिहान मृत्यु भएको हो ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै मृत्यु भएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागार्इंले बताए । कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

तर स्वास्थ्य असामान्य हुँदै गएपछि उनलाई अस्पताल लागिएको थियो । उनको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका