बिजपाटी सम्बाददाता     May 25, 2020 | 08:49:16 PM


प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि दुई जना कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको पाणिनी गाउँपालिका –८, पालिको कमला माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना देखिएको अर्घाखाँची अस्पतालका डाः कपिल गौतमले बताए ।

संक्रमितहरु केहिदिन अघि भारतबाट आएका थिए । यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो पटक संक्रमित भेटिएका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका