युवा परिषदको उपाध्यक्षमा माधव ढुंगेलको निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 10:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारले राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई निरन्तरता दिने निर्णय गरेको छ। आज जेठ १२ गते बसेको मन्त्रीपरिषदको बैठकले ढुंगेललाई आगामी कार्यकालका लागि उपाध्यक्षमा निरन्तरता दिने निर्णय गरेको स्रोतले जनाएको छ। 

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार ९विश्वकर्मा० ले ढुंगेललाई नै आगामी कार्यकालको लागि युवा परिषदको उपाध्यक्षमा निरन्तरता दिने बताएको स्रोतले जनाएको छ। भोलि आजको मन्त्रीपरिषदको गरेको निर्णय सुनाउने क्रममा यो बिषयबारे औपचारिक जानकारी गराइने भएको छ।  

तत्कालिन एमाले नेतृत्त्वको सरकारले नेकपाका केन्द्रिय सदस्य समेत रहेका ढुंगेललाई २०७२ फागुनमा राज्यमन्त्री सरहको कार्यकारी उपाध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको थियो।  ढुंगेलकाे पहिलाे कार्यकाल केही महिना अघि सकिँदा युवा परिषद्को उपाध्यक्ष पद रिक्त थियाे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved