थप १२ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 09:47:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार बिहान सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएसंगै प्रदेशभर संक्रमितको संख्या २३ पुगेको हो । सुर्खेतमा भने संक्रमितको संख्या १५ पुगेको छ 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६, २०, ९, ३२, ३६, ४६ र २६ वर्षे पुरुष र ३२ वर्षीया एक महिला गरी आठ जनामा , भेरीगंगा नगरपालिका वडा नं. ८ का १६ र १७ वर्षका दुई पुरुष र सिम्ता गाउँपालिका वडा नं. ४ का ३५ र ४९ वर्षे दुई पुरुषमा गरी कुल १२ जनामा संक्रमण देखिएको हो । 

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परिक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो  ।  उनीहरुसबै भारतबाट आएको बताईएको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved