बिजपाटी सम्बाददाता     May 26, 2020 | 02:07:48 PM


प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका