बिजपाटी सम्बाददाता     May 26, 2020 | 02:42:50 PM


नेपाल सरकारले तिर्नु पर्ने ऋण ११ खर्ब बढी पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको ऋण बढेर ११ खर्ब ४९ अर्ब पुगेको बताएका हुन् ।

मन्त्री खतिवडाले यो वर्ष ९१ अर्ब ऋण थपिएको बताए । कुल ऋण मध्ये ६ खर्ब ९९ अर्ब ७६ करोड विदेशी ऋण छ भने बाँकि  आन्तरिक ऋण रहेको छ।

राजश्व र अनुदानबाट स्रोत अपुग हुने भएपछि सरकारले ऋण लिने गरेको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका