आज मात्र ९० जनामा कोरोना देखियो, संक्रमितको संख्या ७७२

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 04:39:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । आज मंगलबार एकै दिन ९० जनामा संक्रमण देखिएपछि कोरोना संक्रमतिको संख्या ७७२  पुगेको हो 

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ३५ जना सहित देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा ९० जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुको अवस्था सामान्य रहेको र  सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ । 

हालसम्म १५५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ  ।  मन्त्रालयका अनुसार हालसम्म ४६ जिल्लामा संक्रमण पुगेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved