थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१० पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 10:09:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार विहान थप ३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा रौतहटका २९ जना, बाराका ७ जना र सिराहका २ जना छन् । यसको आधिकारिक पुष्टि भने सरकारले गरिसकेको छैन । स्वास्थ्य मन्त्रालयले दिउँसो ४ः१५ बजेको पत्रकार सम्मेलनमा संक्रमित थपिएको पुष्टि गर्ने बताईएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८१० पुगेको छ । जसमा १ सय ७६ जना निको भएर घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved