रक्सौलमा अलपत्र नेपालीलाई वीरगञ्ज भित्र्याईँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 10:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

रक्सौलमा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने काम सुरु भएको छ । रक्सौलमा अलपत्र नेपालीहरुलाई वीरगञ्ज भित्र्याउन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्रिसकेका छन् । रक्सौल नाकामा करिब ३५० जना नेपाली अलपत्र परेको अनुमान छ । उनीहरु विभिन्न २५ जिल्लाको रहेको अनुमान गरिएको छ । पर्सा र काठमाडौंबाहेक जिल्लाका अलपत्र नागरिकलाई सम्बन्धित जिल्ला पठाउने तयारी भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved