बुधबार १२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ सय नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 09:35:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार एकैदिन १२९ जना कोरोना भाइरसका संक्रमित थपिउका छन् । काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणका क्र्मा १२९ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ ।

बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जना र हेटौंडामा गरिएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जना, दाङमा भएको परीक्षणमा दाङका १५ र रुकुम पूर्वका ३  गरी १८ जनामा कोरोना देखिएको हो । 

आजै कर्णालीमा १५ जनामा कोरोना पुष्टि भएको छ । बुधबार संक्रमण देखिएकामध्ये ८०५ पुरुष र ९६ जना महिला छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved