बिजपाटी सम्बाददाता     May 28, 2020 | 11:35:17 AM


प्रदेश २ मा आज एकैदिन ७६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले बिहीबार बिहान थप ७६ जनामा कोरोना पुष्टि भएको जनाएको हो । 

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ जनामा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्रालयका अनुसार ७६ जना मध्ये धनुषाका २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा सात जना, सिरहाका ६ जना, र रौतहटमा ३ जना रहेका छन् । यस संगै प्रदेश २ मा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या चार सय पुगेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका