हावाहुरीले क्वारेन्टिनमा क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 12:51:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ ।  जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।

 दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिए । उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ । हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका  सामग्री, खेलौनालगायतमा क्षति पुर्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved