क्वारेन्टाइनलाई व्यवस्थित बनाउन प्रदेश सांसदको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 01:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ का प्रदेश सदस्यहरुले प्रदेशमा बनाईएका क्वारेन्टाइनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित बनाउन माग गरेका छन् । प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको २०७७।०७८ को नीति तथा कार्यक्रम माथिको छलफल कार्यक्रममा बोल्दै प्रदेश सदस्यहरुले प्रदेशमा बनाईएका क्वारेन्टाइन मानिस मार्ने स्थल हुन नहुनेमा कुरामा जोड दिएका थिए ।

रोग भोक जितौ मान्छे मार्नबाट रोकौ भन्ने नारालाई नीति तथा कार्यक्रममा समावेश गर्न सभामा बोल्ने सदस्यहरुले जोड दिएका थिए । प्रदेश सदस्यहरुले क्वारेन्टाइन जन्ती राख्ने घर सरह भएको गुनासो गर्दे नीति तथा कार्यक्रममा नेचर, कल्चर र एग्रिकल्चरलाई प्राथमिकता दिन माग गरे । क्वारेन्टाइनलाई सुविधा सम्पन्न र मानिसलाई क्वारेन्टाइनमा बसौँ बसौँ हुने खालका बनाउन समेत उनीहरुलेमाग गरे ।

प्रदेशमा बनाइएका क्वारेन्टाइनमा मानविय व्यवहार गर्ने गरि कार्य योजनासहितको वातावरण तयार गर्नुपर्ने बताए । भेडा बाख्रा सरह राख्ने गरि बनाईएका क्वारेन्टाइनले कोरोना नियन्त्रण भन्दा पनि संक्रमण वढाउने खालका रहेो प्रति सरकार गभिर हुन माग गरेका छन् ।

सभामा प्रदेश सदस्य डिल्ली बहादुर चौधरीले क्वारेन्टाइन जान मानिस डराउने खालको भएकोले त्यसमा व्यवस्थापन गर्न माग गरे । मानिस बचाउने हेतुले क्वारेन्टाइन बनाईएको हो भन्ने स्थापित गर्न समेत चौधरीले भने । प्रदेश सदस्य चौधरीले प्रदेशका सदस्यहरुलाई बजेटको अधिकार नहुदाँ आफनो क्षेत्रमा जादाँ मुसा सरह भएर वस्न बाध्य हुन परेकोले त्यसलाई नीति तथा कार्यक्रममा सम्बोधन गर्नु पर्ने बताए ।

प्रदेश सदस्य विरबहादुर रानाले नीति तथा कार्यक्रम विगतकै निरन्त्रता रहेको टिप्पणी गदै कारोना अस्पताल, क्वारेन्टाइन स्थलको अवस्था हेदा दयनिय रहेकाले त्यसतर्फ गम्भिर हुन आग्रह गरे । नैतिकता, नीति, सुशासनमा रहेर जनताको पक्षमा काम गर्न आग्रह गरे।उनले साउन महिना भित्र कोरोना नियन्त्रण हुने भनिएको छ ।

तर त्यसको कुनै योजना देखाईएको छैन र कोरोनालाई देखाएर प्रदेशको नामाकरण तथा स्थायी राजधानीको टुगो लगाउने काम लम्वाउने खेल नखेल्न माग गरे । प्रदेश सदस्य सुष्मा यादवले प्रदेश ५ मा सबै भन्दा जोखिमा रहेकोे कपिलवस्तु जिल्लामा कोरोना विशेष अस्पताल बनाउन माग गरे ।

प्रदेश सदस्य दीपा बिकले प्रदेशका १२ वटै जिल्लामा वाल अस्पताल र प्रस्तुति गृह निर्माण गर्न माग गरिन । थानकुमारी महिला हिंम्सा र जातिय विभेद जारी रहेकाले सरकार यस विषयमा गम्भिर हुन माग गरिन ।

प्रदेश सदस्य शंकर प्रसाद गिरीले कोरोनावाट नागरिक बचाउने सवालमा सरकार असफल सिद्ध भएको गुनासो गरे । प्रदेश सदस्य विजय यादवले क्वारेन्टाइन मापदण्ड अनुसार भए नभएको बारेमा अनुगमन गर्न र मानिसको ज्यान बचाउने गरि काम गराउन माग गरे । तारा जिसी र ईन्द्र प्रसाद खरेलले कोरोनालाई देखाएर प्रदेशकको नामकरण र स्थायी राजधानीलाई पछाडी धकल्न नहुने धारणा राखे ।

प्रदेश सदस्य सन्तोष पाण्डेले नीति तथा कार्यक्रम शब्द चयनमा मात्र राम्रो छ तर माहामारीको रुपमा रहेको कोरोनाका सवालमा गम्भिर नभएको गुनासो गरे । उनले रुपन्देहीको क्रिमशन अस्पताललाई कोरोना विशेष अस्पताल वनाउन माग गरे । पान्डेले किसानलाई आवश्यक पर्ने मलखाद र विउ खुल्ला रुपमा नीजि क्षेत्रलाई विक्री वितरणको व्यवस्था दिन माग गरे ।

प्रदेश सदस्य कल्पना पाण्डले नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गदै कारोना संक्रमणका सवालमा गम्भिर हुन नसकेको बताईन । कुरामा भन्दा काममा ध्यान दिन माग गरिन । प्रदेश सदस्य कृष्ण प्रसाद न्यौपानले देवदहमा भएको वालिका हत्याको छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न माग गरे । प्रदेश सदस्य धर्मलाल श्रीवास्तवले कोरोना संक्रमण बढी भएका र उच्च जोखिम रहेका जिल्लामा प्रयोगशाला बनाउन माग गरे ।

कपिलबस्तु जिल्लामा आईसियु सहितको अस्पताल बनाउन माग समेत गरे । प्रदेश सदस्य विमला पन्थीले कृषि विमा र किसानको उत्पादन सरकारले खरिद गर्ने परिपार्टीमा जोड दिन माग गरिन ।

प्रदेश सदस्य गिता थापाले जाजरकोट घटना र देवदह घटना जातिय र महिला हिंम्सा भएकाले सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै, कोभिड १९ वाट बचाउन प्रभावकारी स्वास्थ्य प्रयोगशाला स्थापना गर्न जरुरी रहेकोमा बताइन् । प्रदेश सदस्य अष्टभुजा पाठकले प्रदेशमा कोरोना परिक्षण विश्वासिलो नभएको गुनासो गरे । उनले तत्काल  जनतालाई राहत दिने कामलाई प्राथमिकता दिन माग गरे । नीति तथा कार्यक्रममा कुनै नविन योजना नभएको पाठकको भनाइ छ । 

प्रदेश सदस्यहरु सुनिता कुमारी ठठेर, फखरुद्दिन खान, धनकली चौधरी, जाल्पा पौडेल भुसाल, द्धिर्घ नारायण पाण्डे, तुलाराम घर्ती मगर र पुर्मती ढेगा लगायतले नीति तथा कार्यक्रमका बारेमा धारणा राखेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved