अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 02:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट  आउँदै  गरेको ना५ख ९१२२ नंको ट्रक एकापसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध  भएको थियो । अहिले सडक दुवैतर्फ सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved