कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 03:03:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको औपचारिक  पुष्टि गरेको छ । मन्त्रालयले ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको जनाएको हो ।

नियमित प्रेस मिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचारको क्रममा उनको मृत्यु भएको बताएका हुन् । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १०४२ मा संक्रमण पुष्टि भएको छ भने १८७ जना डिस्चार्ज भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved