रुकुमपूर्वका कोरोना सङ्क्रमितको दाङमा उपचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रुकुम (पूर्व)का तीन कोरोना सङ्क्रमितलाई  उपचारका लागि दाङ पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधबार गरिएको कोरोना परीक्षणमा तिनलाई संक्रमणको पुष्टि भएको थियो । उनीहरुलाई उपचारका लागि बेलझुण्डी पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले जानकारी दिइन् । 

होम क्वारेन्टिनमा बसेका एक  र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो ।  कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन् । तेइस वर्षीय पुरुष गत चैत ६ गते मलेसियाबाट आएका हुन् भने अन्य दुई जना यसै महिना बाराबाट आएका हुन् । जिल्लाभरबाट ५७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved