क्वारेन्टिन निर्माणका विषयमा झडप, १२ राउन्ड हवाई फायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 06:02:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।

कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढा गरेका थिए ।

झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ । स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।

कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved