सिमामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 09:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका युवामा कोरोना पोजेटिभ देखिएको छ । भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा ३५ वर्षीय युवाको बाटोमै  मृत्यु भएको हो । 

भारतबाट नेपाल आउने क्रममा जेठ १० गते लखनउ नजिक आइपुग्दा बसमै उनको मृत्यु भएको जनाइएको छ । उनलाई छाती दुख्ने र बान्ता हुने भएको जनाइएको छ । भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालले जनाएको छ। उनको शवलाई एम्बुलेन्समार्फत नेपाल ल्याइएको र शवसंगै आएका दुइजनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । 

उनको शव अन्त्योष्टि गरिसकेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved