विशाल ग्रुपद्वारा स्वास्थ्य मन्त्रालयलाई मेडिकल सामग्रीहरु हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 11:30:56 AM मा प्रकाशित

laxmi  sunrise bank

विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ । भीजी फाउन्डेसनले माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर आठ हजार नौ सय ५० थान र एन९५ मास्क हस्तान्तरण गरेको हो । 

समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको जनाएको छ ।

ग्रुपले कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको समर्थन गर्ने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved