विदेशमा अलपत्र नागरिक फर्काउने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 05:56:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तेस्रो मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

समिति बैठकले विभिन्न देशबाट नेपाल फर्किन चाहाने नागरिकहरुको विवरण परराष्ट्र मन्त्रालयले १० दिनभित्र संकलन गरेर सूची तयार पार्नेछ । विदेशबाट नेपाली फर्काउने काम एक सातापछि शुरु हुने अनुमान गरिएको छ । मन्त्रिपिरिषदले यसअघि नै लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने निर्णय गरिसकेको छ । पहिलो चरणमा २५ हजार नागरिक स्वदेश फर्काइने छ ।

१३ लाख नागरिक स्वदेश फर्किने सरकारको आकलन छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved