बजेटमा एमसीसी राखेपछि नेकपामा विवाद, बजेट नै फेल गरिदिने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 09:43:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बजेटमा एमसीसीको विषय प्रवेश गराईएपछि सत्तारुढ दल नेकपामा विवाद सुरु भएको छ । पार्टीमा छलफल नै नगरी एमसीसीको परियोजना बजेटमा समावेश गरिएपछि पार्टी भित्र नै विवाद सुरु भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार पेश गरेको बजेटमा 'झापाको अनारमनी देखि कञ्‍चनपुरको महेन्द्रनगरसम्म, लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातामाटे-दमौली-बुटवल तथा ढल्केवर-मुजफ्फरपुर ४०० के।भी। क्षमताको अन्तरदेशीय प्रसारणलाइन निर्माण अघि बढाइने। बुटवल(गोरखपुर, लम्की(वरेली र गल्छी(केरुङ खण्डको निर्माण आरम्भ गरिने ' उल्लेख छ। त्यस्तै नदी वेसिनमा आधारित उत्तर दक्षिण प्रसारणलाइनको निर्माण सम्पन्‍न गरिने र विद्युत प्रसारणलाइन तथा सबस्टेशन निर्माणको लागि रु। ३६ अर्ब २ करोड विनियोजन गरिएको छ।

बजेटमा एमसीसी नै नतोकिए पनि लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातामाटे-दमौली-बुटवल प्रसारणलाइन एमसीसी परियोजना अन्तर्गतका  कार्यक्रम हुन् । 

बजेटमा एमसीसी प्रवेश गरेकोमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं अशन्तुष्ट छन् । उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई भेटेर उक्त प्रस्ताव बजेटबाट हटाउन पर्ने माग गरेका छन् । त्यस्तै अन्य नेकपा सचिवालय सदस्यले पनि एमसीसीको प्रस्ताव हटाउन माग गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि बजेट मै एमसीसी आएको विषयमा अशन्तुष्ट छन्  । अशन्तुष्टीका बीच नेकपाले आज शनिवार बिहान यसबारे छलफल गर्न सचिवालय बैठक बोलाईएको छ 

सचिवालयका केहि सदस्यले बजेटबाट यो विषय नहटाईए बजेट नै फेल गर्ने चेतावनी समेत दिएका छन् । नेकपाले यस अघि गठन गरेको मसीसी कार्यदलले एमसीसी परिमार्जन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकाल्दै प्रतिवेदन पेश गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved