एमसीसीका बाँकी काम रोक्न प्रधानमन्त्रीले निर्देशन दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 01:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन नभएसम्म अन्य काम रोक्न निर्देशन दिने निर्णय गरेको छ । शनिबार बसेको बैठकले एमसीसीका बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निर्णय भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

सचिवालय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि आमन्त्रित थिए । 

बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टीमा छलफल नगरी बजेटमा एमसीसीको विषय उल्लेख भएकोप्रति आक्रोश पोखेका छन् । 

अर्थमन्त्री डा. खतिवडाले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलमा एमसीसी संसदको अंग बनेको भन्दै सम्बोधन गरेपछि बजेटमा उल्लेख गरिएको बताएका छन् । एमसीसी संसदबाट अनुमोदन भए बजेटमा उल्लेख गरिएअनुसार अघि बढ्ने तर पास नभए स्वतः खारेज हुने पनि बताएका छन् । 

प्रवक्ता श्रेष्ठका अनुसार श्रेष्ठले एमसीसी सम्झौताका बाँकी काम प्रधानमन्त्रीले तत्काल अघि नबढाउन निर्देशन दिने र एमसीसी पारित गर्ने कि नगर्ने भन्ने संसदलाई नै निर्णय गर्न दिने विषयमा छलफल भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved