संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 04:25:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले संशोधन विधेयक प्रस्तुत हुँदा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिने निर्णय भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved