लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बेठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 04:57:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धारलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय समन्वय समितिले विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सिफारिस गरिसकेको छ । आजको बैठकमा यसबारे थप छलफल हुने छ । उद्योग, कलकारखाना सञ्चालनका लागि मोडालिटी बारे पनि आज छलफल हुन सक्ने स्रोतले बताएको छ ।

सरकारले पछिल्लो पटक थप १५ दिन थप गरेको लकडाउनको अवधि यही जेठ २० गते सकिँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved