कोरोनाका कारण थप १ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 07:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका व्यक्तिमा कोरोना देखिएको हो ।

मृतक युवाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । शनिवार दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यससंगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या सात पुगेको छ । 

तीन दिन अघिनै उनको  स्वाब अस्पतालमा पठाइएको भएपनि रिपोर्ट भने शनिबार दिउँसो मात्र आएको जनाइएको छ । उनी १० दिन अघिमात्र भारतको गुजरातबाट घर आएका थिए । उनीसंग ७९ जना साथीहरुपनि आएको जनाइएको छ । 

उनको मृत्युबारे स्वस्थ्य मन्त्रालयले आधिकारीक पुष्टि गर्न बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved