यी ३ चरणमा लकडाउन खोल्ने भारतको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 08:43:56 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक भारतले विभिन्न ३ चरणमा लकडाउन  खुला गर्ने भएको छ । भारतीय गृह मन्त्रालयले विभिन्न ३ चरणमा लकडाउन खुलाउने र  कुन चरणमा के के खुल्ने बारे निर्देशिका जारी गरेको हो

त्यस्तै मन्त्रालयले बढी जोखिम भएका क्षेत्रलाई जोखिमयुक्त क्षेत्र कायम गरेर ति क्षेत्रमा भने जुन ३० तारिखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । जोखिमयुक्त क्षेत्र कायम गर्ने निर्णय भने सम्बन्धित जिल्लालाई नै दिइएको छ । यस संगै हरेक जिल्लाले मन्त्रालयले तोकेको निर्देशिका अनुसार आफ्नो जिल्लालाई जोखिमयुक्त क्षेत्रमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न पाउने छन् 

जोखिमयुक्त बाहेकका क्षेत्रमा भने लकडाउन खुकुलो हुने भएको हो । जस अनुसार पहिलो चरणमा आगामी जुन ८ तारिख देखि धार्मिक स्थल, प्राथना स्थल, होटेल, रेस्टुरेन्ट, शपिंग मल र अन्य आतिथ्य सेवासँग सम्बन्धित ब्यबसायहरु सुरु हुने छन् 

दोस्रो चरणमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम सेन्टर, कोचिंग सेन्टर हरु सम्बन्धित राज्यसँगको छलफलपछि खुल्ने छन् । यस बारे जुलाईमा निर्णय लिईने र निर्णय अगाडी शैक्षिक क्षेत्रका सरोकारवाला संग छलफल गरिने उल्लेख छ । 

तेस्रो चरणमा भने अन्तर्राष्ट्रिय उडान, चलचित्र घर, जिमखाना, मेट्रो रेल, स्विमिङ पुल, मनोरंजन पार्क लगायतक  सेवा खुला हुनेछन् । जोखिमको अवस्था हेरेर यस बारे निर्णय लिईने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । त्यस्तै राजनीतिक, सामाजिक, सांस्कृतिक , खेलकुद लगायतका धेरै मानिसको सहभागिता रहने कार्यक्रम पनि  जोखिमको अवस्था हेरेर उपयुक्त समयमा खोल्न दिइने उल्लेख छ 

त्यस्तै आगामी जुन १ देखि नै भारतभर बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म रात्रीकालिन कर्फ्यु लागु हुने छ । हाल यो समय बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म छ । त्यस्तै मानिसहरु एक राज्यबाट अर्को राज्यमा बिना पास जान सक्ने छन् भने  सामानहरु पनि सजहै ओसारपसार गर्न पाइने छ । तर यो जोखिमयुक्त बाहेक क्षेत्रमा मात्र लागु हुने छ भने मन्त्रालयले तोकेको सम्पूर्ण नियमको पालना गर्नु पर्ने छ । साथै जिल्ला र राज्यहरुलाई अवस्था आवश्यक निर्णय गर्न सक्ने अधिकार दिइएको छ 

नेपालमा के होला ?

भारत सरकारले सुरक्षित रुपमा केहि व्यवसायिक गतिबिधि सुचारु गर्ने निर्णय गरेपनि नेपालमा लकडाउन के हुन्छ भन्नेबारे स्पष्ट तस्विर देखिएको छैन। खुला सिमानाका कारण सुरु देखि नै भारतलाई हेरेर लकडाउनको निर्णय लिंदै आएको नेपालको सरकारले अब के गर्ने भन्नेबारे अझैं पनि स्पष्ट हुन् नसकेको स्रोतको भनाई छ।

स्रोतकाअनुसार लकडाउन थपे जनताले अटेर गर्ने र लकडाउन नगरे मानवीय जोखिम बढ्न सक्ने भएकाले के गर्ने भन्ने निर्णयमा सरकार पुग्न सकेको छैन। यद्दपी जेठ २० गतेपछि बढी संक्रमित देखिएका जोखिम बढी रहेका स्थानहरुमा लकडाउनलाई निरन्तरता दिने र अन्य ठाउँमा केहि मापदण्ड निर्धारण गरेर व्यवसायीक गतिबिधि संचालन गर्ने तर्फ छलफल अगाडी बढिरहेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved