काठमाडौंका यी स्थानमा आइतबार दिनभर बत्ति नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 10:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंका केहि स्थानमा आइतबार दिनभर बत्ति नहुने भएको छ।  सडक विस्तारका लागि  सडकको दायाँ बायाँको विद्युतीय संरचना एचटीएलटी लाइन स्थानान्तरण तथा स्वीच जडान कार्य गर्नुपर्ने भएकाले काठमाडौंका केहि स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ति नहुने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ। 

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ  र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्य गर्नुपर्ने भएकाले सितापाइला, बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका स्वीचाटार‌( स्वयम्भु  फिडरबाट सप्लाइ लिएका  क्षेत्रहरुमा बत्ति जाने प्राधिकरणले जनाएको छ। 

कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ प्राधिकरणद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved