बिजपाटी सम्बाददाता     May 30, 2020 | 11:10:22 PM


आइतबारको प्रतिनिधिसभा बैठकमा संविधानको दोस्रो संशोधन विधेयक २०७७ पेश हुने भएको छ । संघीय संसद सचिवालयले कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको जनाएको छ । 

आइतबारकै बैठकमा कानुनमन्त्री तुम्वाहाङ्फेले संविधानको दोस्रो संशोधन विधेयक २०७७ पेश गर्नेछिन् । 

सरकारले कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन गर्न लागेको हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका